समाज

बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई एक लाख १५ हजार राहत

बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ। 

बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहात प्रदान गरिने भएको हो। बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन्। 

नगरपालिकाले उक्त राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए।

बाढीमा बेपत्ता भएपछि परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको उनको भनाइ छ।

प्रकाशित: १७ भाद्र २०८३ १६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App