ताप्लेजुङका दुई बेग्लै स्थानमा दुई पुरुष मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं १ बस्ने ३६ बर्षिय बिशाल थापा सिरिजङ्घा गाउँपालिका भएर बग्ने काबेली खोलाको बगरमा मृत भेटिएका हुन्।
थापा त्यहाँ सञ्चालित काबेली–३ जलबिद्युत जलबिद्यतु परियोजनाको स्काईभेटर चालकको रुपमा कार्यरत रहेका थिए। शवको पोष्टमार्टमका लागि प्रकृया सुरु भएको र आवश्यक कानुनी प्रकृया पूरा गरी शव आफन्तलाई जिम्मा लगाउने कार्कीले जानकारी दिए।
सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम गर्ने र त्यहाँ सम्भव नभए ताप्लेजुङ जिल्ला अस्पताल ल्याइने कार्कीले बताए। यस्तै फुङलिङ नगरपालिका वडा नं २ देवलिङ्गे बस्ने अन्दाजी बर्ष ३४ को कुमार बिक सिम्ले आसपासको सडक किनारमा मृत भेटिएका छन्। शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको र दुबै घटनाको बिस्तृत अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २० चैत्र २०७९ ०७:२६ सोमबार



