समाज

एक हजार ५२१ किलो गाँजा नष्ट

फाइल तस्बिर

जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागुऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरुको रोहवरमा लागुऔषध नष्ट गरेको हो।

नष्ट गरिएका लागुऔषधमा एक हजार ५२१ किलो गाँजा र ट्रामाडोल, डाइसाइकोमाइन टाब्लेट एक हजार ८९७ ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए।

प्रहरीले धनकुटाका विभिन्न स्थानबाट बरामद गरिएका लागुपदार्थ गैरकानुनी रुपमा सञ्चालित क्रियाकलापमा प्रयोग हुने भएकाले कानुनी प्रक्रियाअनुसार नष्ट गरेको जनाएको छ।

यस्तै धनकुटा प्रहरीले गत असार २६ गते एक हजार दुई किलोग्राम ३०५ ग्राम गाँजा र विभिन्न ट्याब्लेट नष्ट गरेको थियो।

प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रम बढाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App