नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले सधैँ आफ्नो मन्तव्य बोल्ने भए पनि आज भावुक बनेर लिखित मन्तव्य लिएर आएको बताएका छन् ।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको सांस्कृतिक टोलीले प्रस्तुत गरेको कार्यक्रमले आफूलाई थप भावुक बनाएको बताएका छन् ।
उनले त्यो जागरण र प्रस्तुती देशभर पुर्याउनुपर्ने बताए । यो प्रस्तुती सानेपा पार्टी कार्यालयमा पनि देखाउन सुझाएका छन् ।
अहिले देशमा शेरबहादुर देउवाको नेतृत्व चाहेको बताउँदै अहिले देशले विजयकुमार गच्छादार नभइ शेरबहादुर देउवालाई मागेको बताएका छन् ।
प्रकाशित: २९ श्रावण २०८३ १८:२१ शुक्रबार
-600x400.jpg)


