राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध एमाले सर्वोच्च जाने, सडक आन्दोलन पनि गर्ने

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुनःस्थापनाको विकल्प नभएको बताउँदै त्यसका लागि संघर्षमा जाने बताएका छन्। मंगलबार विघटिचत प्रतिनिधिसभाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

प्रतिनिधिसभा पुनःस्थापनाका लागि एमाले अब सर्वोच्च अदालत जाने पनि ओलीले बताए। सँगै सडक आन्दोलन पनि गरिने उद्घोष गरे।  

‘हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ, अग्रगामी हुन्छ, संविधान र लोकतन्त्रको पक्षमा हुन्छ,’ ओलीले भने, ‘सबैको जीउधनको रक्षाको पक्षमा हुनेछ। भय, त्रास सिर्जना गर्न र लुटपाट गर्नको लागि होइन ।’

एमालेको आन्दोलनमा कुनै घुसपैठ नहुने ओलीले बताए।  

प्रकाशित: २ मंसिर २०८२ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App