पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकलाई ‘निःर्शत’ रिहा गर्न माग गरिएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार बिरोधपत्र बुझाउँदै एमाले बाँकेले यस्तो माग गरेको हो ।
सरकारले राजनीतिक ‘प्रतिशोध’ राखेर पुर्वप्रधामन्त्री ओली र पुर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको एमाले बाँकेको ठहर छ । जिल्ला अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको बिरोध पत्रमा कार्की आयोगले प्रतिशोध राखेर प्रतिवेदन तयार गरेको उल्लेख छ ।
प्रतिवेदनमा भदौं २३ गतेको विध्वंसमा संलग्नलाई कारबाही गर्ने विषयमा नबोलेको एमालेको आरोप छ ।
भदौं २४ गतेको घटनामा संलग्न व्यक्तीहरु नै अहिले राज्यका उच्च पदमा पुगेको अवस्थामा कानुनी राज्यको उपहास भएको विरोध पत्रमा उल्लेख छ । विरोधपत्र बुझाउनुअघि एमाले बाँकेको कार्यालय पासाङल्हामु मार्गबाट बिरोध र्याली निकालिएको थियो । उक्त र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।
प्रकाशित: १५ चैत्र २०८२ १६:४० आइतबार