राजनीति

बालेन सरकारको काम टिप्पणी गर्ने बेला भएको छैन: कांग्रेस

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको टिप्‍पणी गर्ने बेला नभएको बताएका छन् । नागरिक दैनिकको कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै साउदले सरकार गठन भएको दुई महिना पनि नपुगेको अवस्थामा सरकारले गरेका कामको टिप्पणी गर्ने बेला अहिले नभएको बताए ।  

तर सरकारले गरेका कामको विभिन्न कोणबाट आलोचना भएको बताउँदै उनले सुकुम्बासी व्यवस्थापनसहितका काममा सरकारले आलोकालोँ व्यवहार गरेको बताए ।  

नेता साउदले सरकार सबै नागरिकको भएको बताउँदै जो नागरिकलाई पनि व्यवस्थापनमा उचित र दीर्घकालीन नीति लिएर व्यवस्थापन गर्नुपर्ने बताए ।  

सरकारले अध्यादेशका आधारमा देश चलाउन खोज्नु, संसद्‌लाई निषेध गरेर अघि बढ्न खोज्नुसहितका कामबारे सरकारले सोच्नुपर्ने अवस्था छ।

प्रकाशित: ३० वैशाख २०८३ १९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App