राजनीति

यो निर्वाचनलाई जनमत संग्रहको रुपमा लिनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ निकास दिन यो निर्वाचन आवश्यक रहेको बताएका छन्।  

नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भदौ २३ गते युवामाथी भएको दमन र २४ गते विध्वम्स गर्ने देशी-विदेशी शक्तिविरुद्ध एक हुन पनि यो निर्वाचन आवश्यक रहेको बताएका हुन्।

जनमतसंग्रहको रुपमा यो निर्वाचन सम्पन्न हुन लागेको भन्दै उनले राष्टको स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न यो निर्वाचन महत्वपूर्ण रहेको बताए। 

प्रचण्डले भदौ २३ गते पवित्र भावना राखेर युवाहरुले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा निकालेको शान्तिपूर्ण आन्दोलनमा तत्कालिन सरकारले नरसंहार गरेपछि असाधारण अवस्था सृजना भएको र त्यसकै संघर्षको रुपमा यो निर्वाचन आएको बताए।  

राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउन यो निर्वाचन आवश्यक रहेको उनको भनाइ छ।  

प्रकाशित: १५ फाल्गुन २०८२ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App