प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाको न्यायिक छानबिन गर्न माग गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सिंहले घटनाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको समेत बताएका छन् । सिंहले घटनाको निष्पक्ष र न्यायिक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिकसँग संयमता अपनाउन आग्रह गर्दै कुनै पनि प्रकारको उत्तेजना वा विभाजनकारी गतिविधिबाट टाढा रहन अपिल गरेका छन्।
प्रकाशित: १३ श्रावण २०८३ ०८:१० बुधबार

-600x400.jpg)

