राजनीति

सुदन भन्छन्ः सिमरा घटना एउटा झल्को मात्रै हो

हामी नेपालका संयोजक सुदन गुरुङले सिमरामा हिजो देखिएको घटना एउटा झल्को मात्र भएएको बताउँदै दाजुभाइहरूलाई  कसैले छोएको सहन नसक्ने बताएका छन्। आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले यो ज्वालामुखीको उभार ठुलो हुने चेतावनी दिए। 

‘हत्याराहरूले हामीलाई खुल्ला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठुलो हुने वाला छ। हेक्का रहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ त्यो प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुन सक्छ भन्नेको।’

बारा जिल्ला साहसी संयोजक सम्राट् उपाध्यायको नेतृत्वमा भइरहेको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित गुन्डा समूह प्रवेश गरी जेनजी साथीहरूलाई अपमान गर्दै कुटपिट गरेको घटना गृहमन्त्रीको लाचारीपनले भएको सुदनको आरोप छ। 

‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र जेन–जी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो,’ उनले लेखेका छन्, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।’ 

प्रकाशित: ४ मंसिर २०८२ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App