राजनीति

सांसद सुनारको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले सांसद खगेन्द्र सुनारले दिएको एक अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले भदौ २६ गतेको बैठकको शून्य समयमा सांसद सुनारले दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन रुलिङ गरेका हुन्। 

भदौ २६ गतेको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भ्रष्टाचारसम्बन्धी विषयमा  सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। 

सुनारको उक्त अभिव्यक्तिलाई लिएर आपत्ति जनाइएपछि सभामुख अर्यालले मंगलबारको बैठकमा त्यसलाई संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्। 

सांसद सुनारले भ्रष्टाचारको विषय उठाउँदै प्रहरी महानिरीक्षक कार्कीसहित सम्बन्धित निकायप्रति प्रश्न उठाएका थिए। 

प्रकाशित: ३० भाद्र २०८३ १८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App