राजनीति

मोरङमा समानुपातिक मतमा पनि रास्वपाकै बर्चस्व

मोरङमा प्रत्यक्षतर्फ सबै ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित निर्वाचित हुँदा समानुपातिक तर्फ पनि रास्वपा नै अन्य दलहरू भन्दा निक्कै अगाडि देखिएको छ ।  

मोरङमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस भन्दा रास्वपाले समानुपातिकमा तीनगुणा बढी मत प्राप्त गरेको छ ।  

निर्वाचन आयोगका अनुसार मोरङमा रास्वपाले २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ६६ हजार ९ सय ७, नेकपा एमालेले ४९ हजार १ सय ३२ र पहिलो पटक निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीले ४४ हजार २ सय १ मत प्राप्त गरेको छ ।  

यस्तै नेपाली कम्युनिष्ट पार्टीले १९ हजार ९ सय ९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ४ सय २८ मत मात्रै प्राप्त गरेको छ । यस अघिका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले अग्र स्थानमा आउने गरेकोमा यो निर्वाचनमा यी पार्टीहरूले समानुपातिकमा एक लाख मतसमेत कटाउन सकेका छैनन् । यस क्षेत्रमा नयाँ पार्टीका रुपमा श्रम संस्कृति पार्टी उदाउँदै गर्दा पुरानो  पार्टी जसपा नेपालले भने उल्लेख्य रुपमा मत ल्याउन सकेन ।  

 

प्रकाशित: २५ फाल्गुन २०८२ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App