राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबारको बिदा खारेज गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवामा असर पुगेको भन्दै यसलाई हटाउन माग गरेका हुन्।
आइतबारको बिदा आवश्यक नभएको बताउँदै उनले भने, ‘आइतबारको बिदा कसैलाई चाहिएको छैन। शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ। त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा कायम गरोस्।’
आइतबारको बिदाका कारण सेवा लिन कठिनाइ भोग्नुपरेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत ढिलाइ भएको उनको भनाइ छ।
प्रकाशित: ३० भाद्र २०८३ १४:५६ मंगलबार



