राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहान्त्री विपिनकुमार आचार्यले पनि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। आइतबार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन्।
आचार्य निर्वाचन आयोगमा रास्वपाले बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए। रास्वपाको समानुपातिक बन्दसूचीबाट हालसम्म १३ जनाले नाम फिर्ता लिइसकेका छन्। आचार्यले अब आफू प्रत्यक्षबाट निर्वाचन लड्ने घोषणा गरेका छन्।
प्रकाशित: २७ पुस २०८२ १३:४६ आइतबार



