राजनीति

सिंहदरबारमा बयान दिएपछि रवि दाइको क्रेज झनै बढ्यो : ज्वाला संग्रौला

रास्वपानेतृ ज्वाला संग्रौलाले सिंहदरबारमा बयान दिएपछि रवि लामिछानेको क्रेज र लोकप्रियता झनै बढेको दाबी गरेकी छन्।

उनले रविले केही गर्नु नपर्ने जेलबाट निस्केर जनताको बिच उभिएर हात हल्लाइदिए मात्र पनि भ्रष्टहरूको मुटुमा खतराको घण्टी बज्न सुरु भइहाल्ने भनाइ राखिन्।

'हिजो सिंहदरबारमा बयान दिएपछि रवि लामिछानेको क्रेज र लोकप्रियता झनै बढेर गएको छ। रविले केही गर्नु पर्दैन, जेलबाट निस्केर जनताको बिच उभिएर यसो हात हल्लाइदिए मात्र पनि भ्रष्टहरूको मुटुमा खतराको घण्टी बज्न सुरु भै हाल्छ!' उनी सामाजिक सञ्जालमा लेख्छिन्, 'आज रवि दाइको सुनुवाइ हुँदै छ! दाइले न्याय पाएर सडकमा निस्केर हातको एक इसाराले भ्रष्ट तर्साएको हेर्न चाहनेहरूले एक लाइक, एक कमेन्ट र एक सेयर गर्नुहोला!'

प्रकाशित: २० कार्तिक २०८२ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App