राजनीति

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।  

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुरको निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो।

लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको आरोपमा प्रसाईंको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकृतले जानकारी दिए।

लघुवित्त पीडितहरू अहिले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन्। उनीहरू आन्दोलनमा रहेका बेला प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको हो। प्रहरीको खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरत थापाले गरेका छन्।

प्रहरीले खानतलासीका क्रममा के–के बरामद गर्‍यो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित: ४ भाद्र २०८३ १८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App