प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित सांसद् रिमा विश्वकर्माले आफूले धेरै सिक्न बाँकी रहेको बताएकी छन्।
निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र बुझेपछि उनले आफू पहिले प्रश्न गर्ने ठाउँमा भएपनि अहिले जवाफ दिने ठाउँमा पुगेको बताइन्। अब गर्ने खबरदारी पर्दा पछाडीबाट हुने उनको भनाइ छ।
'म चुनावको लागि विभिन्न प्रदेशमा पुगें। त्यो क्रममा धेरै कुरा देखें। मैले सिक्न धेरै बाँकी रहेछ। आगामी दिनमा सिक्दै जानेछु।,' उनले भनिन्, 'अब म जवाफदेही ठाउँमा पुगेको छु।'
सिक्न र अध्ययन गर्न बाँकी धेरै कुरा रहेकाले आफूलाई परिस्कृत र परिणाम मुखी बनाउँदै लैजाने उनले बताइन्।
'हिजोजस्तो प्रश्न गर्ने ठाउँमा नभएर जवाफदेहीता ग्रहण गर्ने ठाउँमा छु। उनले भनिन्, 'मेरो तर्फबाट गर्नुपर्ने खबरदारी पर्दा पछाडीबाट हुनेछ। समस्याका समाधानलाई परिणाममुखी बनाउन पर्नेछ।'
प्रकाशित: ५ चैत्र २०८२ १३:५२ बिहीबार



