नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्।
तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो।
प्रकाशित: ६ आश्विन २०८२ ०९:२३ सोमबार



