नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।
पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा रसुवा बाढी पछिको अवस्था, सरकारको कामकारबाही, पार्टीको भूमिका र आगामी कामबारे छलफल हुने उनले बताए।
प्रकाशित: ४ आश्विन २०८३ १३:४३ आइतबार