राजनीति

सांसद केसीको प्रश्न : प्रधानमन्त्री एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभयो?

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली, संसद्प्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। 

आजको प्रतिनिधिसभाको बैठकमा केसीले प्रधानमन्त्रीलाई ‘एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो?’ भन्दै प्रश्न गरे। देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै उनले संसद्लाई उपेक्षा नगर्न आग्रह गरे। 

उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा भएको भन्दै संसद्प्रति उपेक्षा नगरी आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्न समेत अनुरोध गरेका छन्। 

उनले संवैधानिक संस्थाहरू कार्यपालिकाका ‘लाचार छाया’ बनेको भन्दै सरकारले पछिल्लो समय केही राम्रा काम गरेको भएपनि त्यसमा हचुवा र विधिविहीन प्रक्रिया देखिएको बताए। 

उनले लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने र त्यसमा सरकारले ध्यान दिनुपर्ने बताए। 

प्रकाशित: २६ श्रावण २०८३ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App