नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको खबर गम्भीर रहेको बताएका छन्।
पक्राउको स्पष्ट कारण सार्वजनिक गरियोस् भन्दै उनले उनले यस्तो बताएका हुन्। बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भनाइ राखे।
'राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको खबर गम्भीर छ। फरक विचार र आलोचना लोकतन्त्रका शत्रु होइनन्,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'पक्राउको स्पष्ट कारण सार्वजनिक गरियोस्।'
यस्तै, सचिव बस्नेतले कानुनी प्रक्रिया पारदर्शी बनाउन आग्रह गर्दै सरकार आलोचनाबाट नडराइ जवाफदेही बन्नुपर्ने बताए।
'कानुनी प्रक्रिया पारदर्शी बनोस्। सरकार आलोचनाबाट डराउने होइन, जवाफदेही बन्ने हो,' उनले भने।
फरक मत निषेध गर्दै अलोकतान्त्रिक र अधिनायकवादी बाटोमा हिँड्दा जनआवाज विद्रोहमा परिणत हुन सक्ने बताउँदै उनले भने, 'यस्तो प्रवृत्तिले अन्ततः बालेन सरकारलाई नै ठूलो क्षति पुर्याउनेछ।'
प्रकाशित: ४ आश्विन २०८३ १३:५१ आइतबार