राजनीति

लुम्बिनी कांग्रेसले बनायो निर्वाचन परिचालन समिति

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई  निर्वाचित गराउने उद्देश्यले निर्वाचन परिचालन समिति निर्माण गरेको छ ।  

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । प्रदेशका १२ वटै जिल्लाका उम्मेदवारका पक्षमा चुनावी माहोल बनाउने लक्ष्य यो समितिको छ । खनाल नेतृत्वको समितिले प्रदेशका २६ निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवारहरुको पक्षमा रहेको महोलबारे जानकारी लिने, जनमत बढाउन समन्वय गर्नेछ ।  

प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बाँकेको कोहलपुरमा बसेको प्रदेश समिति बैठकमा सभापति पुनले प्रदेशका १२ जिल्लाका २६ वटै निर्वाचन क्षेत्रमा काङ्ग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित हुने गरि माहोल सिर्जना गरिनु पर्ने बताए ।

प्रकाशित: १५ माघ २०८२ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App