रौतहटका सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले आवतजावतमा कडाइ गरेको छ। नेपालमा जेन जी आन्दोलनका क्रममा हिंसा भड्किएपछि एसएसबीले सीमा क्षेत्रमा कडाइ गरेको हो।
सोमबार भएको जेन जी आन्दोलनका क्रममा गोली लागेर १९ जनाको मृत्यु भएपछि मंगलबार देशैभर हिंसा भड्किएको छ। जसलाई भारत लगायत विश्वभरका मिडियाहरूले महत्वका साथ हेरेका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १३:०३ मंगलबार



