राजनीति

आइजिपी कार्कीलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर गरिएको हो : प्रवक्ता पोखरेल

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइजिपी दानबहादुर कार्कीलाई हटाएर उनको स्थानमा एआईजी डा. मनोज केसीलाई नयाँ आइजिपीमा नियुक्त गरेको छ।

पत्रकारले आइजिपी कार्कीलाई जिम्मेवारीबाट हटाएर कारबाही गरेको हो भन्ने प्रश्नमा उनले जिम्मेवारी हेरफेर मात्र गरेको बताए।

उनले भने, ‘उहाँलाई कारबाही होइन जिम्मेवारी हेरफेर मात्र गरिएको हो। अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ।’

रास्वपाबाट पनि यस विषयमा निर्देशन आएको बताउँदै उनले भने,‘धेरै ठाउँबाट र पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर केही निर्देशन आएको थियो। सुरक्षा सल्लाहकारका रूपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो।’

प्रकाशित: १८ कार्तिक २०८३ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App