नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचार कहिल्यै स्थायी नहुने र समयक्रममा हुने घटना, अनुभव तथा प्राविधिक विकासले तिनलाई निरन्तर चुनौती दिने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विचार स्वयंमा स्थायी हुँदैनन्—समयसँगै हुने घटना, अनुभव र प्राविधिक विकासले तिनलाई निरन्तर चुनौती दिन्छन् र रूपान्तरण गराउँछन्।’
कुनै समय उपयुक्त ठानिएको विचार आज अप्रासंगिक हुन सक्ने र आजको नयाँ प्रविधिले भोलिको सोचको दिशा नै परिवर्तन गर्न बताएका छन्। भण्डारीले मूल्य र मान्यतामा आधारित विचार लचिलो हुने र समयसँगै आफूलाई परिमार्जन गर्न सक्ने बताएका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ ११:२५ शुक्रबार



