राजनीति

जेनजी युवाहरूलाई जुस पिलाएर गृहमन्त्रीले अनशन तोडाए

विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरूको अनशन गृहमन्त्री ओमप्रकाश अर्यालले तोडाएका छन्।

माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन्।

सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति र स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे।

प्रकाशित: १३ फाल्गुन २०८२ २१:२८ बुधबार