राजनीति

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ।

समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं) को सुनुवाइको कार्यसूची राखिउको थियो।

प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उनीहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो।

बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे प्रस्तावित आयुक्त वाग्लेले स्पष्ट पारे। प्रस्तावित डा सुब्बाको सुनुवाइ केही समयपछि सुरु हुनेछ।

सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न कसरी गर्ने, विद्यमान निर्वाचन कानुनमा हुनुपर्ने संशोधन, विदेशमा रहेका मतदाताको मतदान विषयमा प्रश्नसहित प्रतिबद्धता माग गरेका थिए। सभापति बोधनारायण श्रेष्ठले नतिजामा आधारित कार्ययोजना पेस गर्न निर्देशन दिए।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ।

प्रकाशित: १२ श्रावण २०८३ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App