राजनीति

कांग्रेसका कारण एमालेले विद्यालाई सदस्यता रोकेको ज्ञवालीको आशंका

क्याप्शन

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसका कारण एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको आशंका गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन्। 

‘यो विचित्रको कुरा छ, म आश्चर्यचकित छु। मैले नोटिस गरेको एउटा कुरा १४ गते विद्या जीले सक्रिय राजनीतिमा आउँछु, पार्टीमा आउँछु भन्नुभयो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसै दिन साँझ नेपाली कांग्रेसका सभापति(शेरबहादुर देउवा)सहित एउटा टिम बालुवाटार गएर जसरी पनि राष्ट्रपति भएको व्यक्तिलाई पार्टीमा रोक्नुपर्छ, गर्नुहुँदैन। यसले लोकतन्त्रलाई नोक्सान गर्छ भनेर याँ त्याँ भन्नुभयो। त्यो सार्वजनिक भयो।’ 

त्यही कारण भण्डारीको सदस्यता रोकिएको हुनसक्ने उनले बताए। ‘भएको त्यही हो,’ उनले भने। कांग्रेसलाई यसमा बढी चासो किन भयो? आफूलाई थाहा नभएको उनले बताए। उनले भने, ‘कांग्रेसले विद्या भण्डारी एमालेमा सक्रिय भएको देख्दा कांग्रेसलाई के प¥यो? उहाँहरूले जान्ने कुरा हो। तर विद्या जी म एमालेमा सक्रिय भएर काम गर्छु मेरो जिन्दगी त्यसैमा बित्यो भन्दा खेरी रोक्नुपर्छ कांग्रेसले किन भन्यो होला?’ 

त्यसको कारण पनि रहेको उनले बताए। ‘बिना कारण भनेको छैन,’ उपाध्यक्ष ज्ञवालीले भने। तर आफू अनुमानका आधारमा कारण भन्न सक्ने उनले बताए।

प्रकाशित: १८ भाद्र २०८२ १९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App