नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुक अझै अन्योलमा रहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देशको राजनीतिक स्थायित्व र प्रणालीगत अन्योलप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रजातन्त्र दिवसको शुभकामना दिए पनि ‘के मिलेन? किन स्थिर रहेन?’ भन्ने प्रश्न उठाएका छन्।
बास्कोटाले प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्ने धारणा राख्दै अहिले व्यवस्था जडताको शिकार बनेको बताएका छन्। ‘देश चुनावमय छ,’ उनले लेखेका छन्, ‘तर पूर्व राजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के? न चुनाव, न पुनस्र्थापना? अन्योल हटाऊ।’
प्रकाशित: ७ फाल्गुन २०८२ ०८:१३ बिहीबार


