राजनीति

सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन हुने

सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सय बुँदे शासकीय सुधार कार्यसूचीमा यस योजनालाई समावेश गरिएको हो।

सार्वजनिक यातायातमा महिलाहरूले भोग्नुपर्ने दुर्व्यवहार र असहजतालाई सम्बोधन गर्न यो विशेष बस सेवा सुरु गर्न लागिएको सरकारले बताएको छ।

स्वीकृत कार्ययोजनाअनुसार पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा ‘ब्लु बस’ सञ्चालनमा ल्याइनेछ। यी बसहरू विशेषगरी महिला यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रविधियुक्त र सुरक्षित बनाइनेछन्।

प्रकाशित: १४ चैत्र २०८२ २२:३३ शनिबार