राजनीति

कांग्रेस भित्रको विवादप्रति पूर्वराष्ट्रपति यादव असन्तुष्ट, भन्छन्ः लोकतान्त्रिक विधि अपनाउ

नेपाली कांग्रेसमा देखिएको विवादप्रति गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा‍.रामवरण यादवले असन्तुष्टि जनाएका छन्। पार्टीमा स्पष्ट दुई धार देखिएको र यसले लोकतान्त्रिक पद्धतिमा नै गम्भीर असर पर्ने उनको भनाइ छ।  

नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा डा.यादवले कांग्रेस लोकतान्त्रिक विधिमा चल्न नसकेको टिप्पणी गरे। उनले भने, 'मलाई कांग्रेस भएकोमा गर्व छ। कांग्रेस भएकै कारण म देशकै पहिलो राष्ट्रपति बन्न सफल भए। तर अहिले त्यहीँ कांग्रेसमा अलोकतान्त्रिक पद्धति देखिनु चिन्ताजनक छ। यसलाई सच्याउँदै एक भएर जान म नेतृत्वलाई अपिल गर्छु।'

२००७ सालदेखि कांग्रेसले सुरु गरेको लोकतान्त्रिक पद्धतिलाई आधारमा बनाएर अहिले पनि धेरै दलहरु अघि बढिरहेको चर्चा गर्दै डा.यादवले कांग्रेस आफैं दुई धारमा देखिनु बिडम्बना भएको बताए। पार्टीमा देखिएको गल्ती सच्याउँदै देशलाई समृद्धतर्फ अग्रसर गराउन कांग्रेस नेतृत्वलाई उनको सुझाव थियो।  

प्रथम राष्ट्रपति डा.यादवसँगको कुराकानी बुधबार साँझ प्रसारण हुने नागरिक फ्रन्टलाईनमा हेर्न र सुन्न सक्नु हुनेछ।  

प्रकाशित: ३० भाद्र २०८३ १९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App