मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य फराकिलो मतान्तरसहित विजयी भएकी छन्।
नेपाली कांग्रेसका प्रभावशाली तथा ‘हेवीवेट’ नेता डा. शेखर कोइरालालाई भारी मतले पछाडि पार्दै उनले सानदार जित दर्ता गराएकी हुन्।
अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डा. कोइरालाले १२ हजार ८ सय ५० मत मात्र ल्याउन सके।
विजयी आचार्य र कांग्रेस उम्मेदवार कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेको अवस्था झनै दयनीय देखिएको छ। एमालेका उम्मेदवार विनोदप्रसाद ढकाल ८ हजार ३ सय १७ मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिएका छन्।
त्यसैगरी, अन्य साना दलहरूको उपस्थिति पनि निकै कमजोर पाइएको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेलले ३ हजार ४ सय मत हासिल गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सविन निरौला जम्मा २ हजार ९२ मतसहित पाँचौं स्थानमा रहेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०५:२० शनिबार



