राजनीति

खगेन्द्रसँगको विवाद उच्च बनेपछि आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबिचको विवाद उत्कर्षमा पुगेको छ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा भएको विवादले चौतर्फी आलोचना भएपछि संघीय संसद्‍का सभामुख डोलप्रसाद अर्यालले आईजीपी कार्कीलाई भेट्ने भएका छन्। सभामुख अर्यालले कार्कीलाई आजै अपराह्न करिब ३ बजे सिंहदरबारमा बोलाएका छन्।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कार्कीलाई सुनारले भ्रष्टाचार गरेको गम्भीर आरोप लागेपछि तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने कुरा राखेपछि त्यसको जवाफमा आईजीपी कार्कीले पाषणयुगिन सोच् भएका शासक भनेका थिए।

यो पनि पढ्नुहोस्

आईजीपी कार्कीलाई रास्वपा सांसद सुनारको जवाफ : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन हैन

प्रकाशित: २९ श्रावण २०८३ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App