फोटो फिचर

अन्तर्राष्ट्रिय योग दिवस: नक्सालमा योगाभ्यास (तस्बिर)

अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नक्साल नारायण चौरमा बिहानैदेखि योगाभ्यास भइरहेको छ। 

हरेक वर्ष जुन २१ मा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो। १७७ देशको समर्थनमा यो कीर्तिमानी दिवस बनेको छ।

नेपालमा विसं २०३६ देखि माघ १ मा योग दिवस मनाउन थालिएको थियो। वैदिक कालमा हिमालयमा ऋषिमुनिले विकास गरेको योग पुनर्जागरणका लागि यो दिवस महत्त्वपूर्ण छ। नेपाल सरकारले विसं २०७२ मा माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो। हाल नेपालमा माघ १ मा राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।

#NagarikNews #Yoga-Day