विभिन्न सामाजिक संचाल तथा संचारमाध्यममार्फत 'सरकार म बाँच्न चाहन्छु, यो नर्कबाट बचाउनुहोस' भन्ने शीर्षकमा पीडित थापामगरले आफूलाई बेच्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, अख्तियार, बैदेसिक रोजगार विभागहुँदै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयमा पत्र आएपछि प्रहरीले उनलाई बेच्नेको खोजी गरेको थियो । पक्राउ परेका भट्टराईको कोठाबाट विभिन्न युवतीको राहदानी चार थान, विभिन्न युवतीको नाममा जारी भएको पुलिस रिपोर्ट, युवतीको फोटो २३ थानलगायतका प्रमाण बरामद भएको प्रहरीले जनाएको छ । उनले पीडितलाई बेलबिखन गर्न लैजानेक्रममा बुटवलबाट सुनौली नाकाहुँदै दिल्ली पुर्याएर विभिन्न देश पठाउने गरेको प्रहरीले जनाएको छ ।
भट्टराईलाई प्रमाणसहित मुद्दा दर्ता गर्ने अधिकार रुपन्देही जिल्ला अदालतको भएको भन्दै इकालाका प्रहरी कार्यालय बुटवल पठाएको प्रहरीले जनाएको छ ।पक्राउ परेको भट्टराईले रेश्मी थापामगर, पुजा तामाङ र संगीता नामकी युवतीसमेत तीन जनालाई काठमाडौं बोलाइ राहदानी बनाएको र युवतीलाई सुनौली नाकाहुँदै दिल्लीको महिपालपुरमा १५ दिनसम्म राखी दुवई हुँदै सिरिया पुर्याएको प्रहरीले जनाएको छ । हालसम्म उनले २५÷३० जनालाई युवेत, १०÷१५ जनालाई दुवई र ३ जनालाई सिरिया पठाएको खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २२ असार २०७२ ०७:२६ मंगलबार



