अन्य

प्रेमिका हत्या गर्नेलाई जन्मकैद

काठमाडौं- आफ्नी प्रेमिकालाई छुरा हानी हत्या गर्ने धनुषा तुलसीयाहीका विमलेशप्रसाद यादवलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ।काठमाडौंस्थित कान्तिपुर कलेजमा बिबिए अध्ययनरत धनुषा, तुलसीयाहीकै रितु महासेठको छुरा प्रहार गरी हत्या गरेको आरोपमा यादवलाई दोषी ठहर गर्र्दै जिल्ला अदालतले आइतबार यस्तो फैसला सुनाएको हो। न्यायाधीश कुलप्रसाद पोखरेलको एकल इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला गरेको हो। काठमाडौंका विभिन्न ठाउ"मा लुक्दै हि"डेका यादवलाई प्रहरीले २०७० मंसिर २५ पक्राउ गरेको थियो।

रीतुले प्रेममा धोका दिएकाले पागलजस्तै भएर हत्या गरेको बयान यादवले दिएका थिए। यादवले २०७० मंसिर २० गते मैतीदेवीस्थित सेतोपुलभन्दा केही तल अनामनगरतर्फ साथीस"गै बिहेभोजमा जा"दै गरेकी रीतुलाई छुरा प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७२ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App