अन्य

दुध बोक्ने ट्याङ्करमा अढाई क्वीन्टल गाँजा भेटियो

चितवन-भारत पटनाबाट दुग्ध विकास संस्थान हेटौंडामा दुध ल्याएर फर्केको एउटा ट्याङ्करबाट मकवानपुर प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक थापाको नेतृत्वको टोलीले मंगलबार राती साढे दुई क्वीन्टल गाँजासहित चारजनालाई पक्राउ गरेको छ।


भारतीय नम्बर प्लेटको बीआर–०१ जीडी–३६०७ नम्बरको १२ चक्के ट्याङ्करबाट १५ लाख रुपैयाँ मुल्य बराबरको गाँजा बरामद भएको मकवानपुर प्रहरीले बुधबार निकालेको विज्ञप्तीमा उल्लेख छ। मंगलबार मध्यरातमा मनहरी क्षेत्रबाट गाँजा लोड गरेर भारत तर्फ जाँदै गरेको भन्ने सुचनाको आधारमा प्रहरीले हेटौंडा नगरपालिका वडा नं. १७ को चुरे डाँडाबाट ट्रक नियन्त्रणमा लिएको हो।
सो ट्रक अगाडी मोटरसाइकल पनि जाँदै थियो। ना १७ प ५२१२ नम्बरको मोटरसाइकलमा रहेकाहरुलाई पनि गाँजा तस्करीमा संलग्न भएको आशंकामा प्रहरीले समाएको छ। प्रहरीले बिहान सवा तीन बजे ट्रकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले भारतको उत्तरप्रदेश राज्य मेरड जिल्ला टिपिनगर थाना माधवपुर गाउँका ट्याङकर चालक २८ वर्षीय महमद जाबेदलाई समाएको छ।
त्यस्तै ट्याङकरका सहचालक भारत बिहार राज्य बेगुसराइ जिल्ला पुलबररिया गाउँका २४ वर्षीय धिरज पासवानलाई पनि नियन्त्रणमा लिएको छ। त्यस्तै मोटरसाइकलमा रहेका मकवानपुर मनहरीका १९ वर्षीय सन्तोष तमाङ र मकवानपुर हाँडीखोलाका २६ वर्षीय राम वाइवालाई पनि प्रहरीले पक्राउ गरेको छ।
 

प्रकाशित: १९ कार्तिक २०७१ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App