अन्य

अश्लील एसएमएस गरी प्रहरीलाई धम्क्याउने पक्राउ

काठमाडौं, वैशाख २९(नागरिक)- अश्लील एसएमएस गरी प्रहरीलाई धम्क्याएको आरोपमा एक रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन्।

  वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवाल र महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख रुगम कु"वरलाई एसएमएसमार्फत धम्याएको अभियोगमा अमरबहादुर श्रेष्ठ पक्राउ परेका हुन्। उनी ठमेल ज्याठाको सिसा क्याफेका सञ्चालक हुन्।

प्रहरीका अनुसार श्रेष्ठले सिलवाल र कुँवरलाई आफ्नो मोबाइलबाट पटकपटक अश्लील एसएमएस गरेका थिए। श्रेष्ठलाई सोह्रखुट्टे प्रभागको टोलीले सोमबार ठमेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार श्रेष्ठले 'आफ्नो रेस्टुरेन्टमाथि रहेको गेस्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको जानकारी प्रहरीलाई पटकपटक गराउँदा पनि वास्तै नगरेपछि एसएमएसमार्फत् धम्क्याएको' स्वीकार गरेका छन्।

प्रकाशित: २८ वैशाख २०६७ २३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App