भारतको दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली-एनसीआर) मा यातायात र ट्याक्सी युनियनहरूले तीन दिने हडताल सुरु गरेका छन्।
युनियनले नगर सरकारको उपकरको विरोधमा यो हडताल आह्वान गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार ट्रक मालिक, निजी बस मालिक, ट्याक्सी र म्याक्सी क्याब अपरेटरहरूको संगठन अल इन्डिया मोटर ट्रान्सपोर्ट कांग्रेसले मंगलबारको बैठकमा हडताल गर्ने निर्णय गरेको थियो।
दिल्ली सरकारले व्यावसायिक सवारी साधनहरूमा लगाइएको वातावरणीय क्षतिपूर्ति उपकर बढाएको छ। युनियनले यो वृद्धि फिर्ता लिन माग गरेको छ।
यसको विरुद्धमा अल इन्डिया मोटर ट्रान्सपोर्ट कांग्रेसले हडताल गर्ने निर्णय गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८३ ११:२६ बिहीबार