अन्तर्राष्ट्रिय

अमेरिकासँग कुनै शान्ति सम्झौता हुने छैन : इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आइतबार संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएका छन्।

उनले आगामी केही दिनमा सम्झौता हुन सक्ने सम्भावना रहे पनि मिति अझै तय भइ नसकेको बताए।

बघाईका अनुसार पाकिस्तानले मध्यस्थता गरिरहेको सम्झौता केवल युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको हो। अहिले आणविक मुद्दामा कुनै छलफल नहुने उनको जिकिर छ।

यस्तै, उनले अमेरिकाले बारम्बार आफ्नो अडान परिवर्तन गरेको पनि बताए। सम्झौताको बारेमा सावधानी अपनाउनु आवश्यक रहेको पनि उनको भनाइ छ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र शान्ति सम्झौता हुन सक्ने दाबी गरेका थिए। उनले त्यसपछि दुई देशले अनलाइन सम्झौतामा हस्ताक्षर गर्ने र अर्को हप्ता प्राविधिक वार्ता गर्ने बताएका थिए।

प्रकाशित: ३० जेष्ठ २०८३ १९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App