अन्तर्राष्ट्रिय

नागरिकलाई लक्षित गरी आक्रमण गर्नु ‘कानुन विपरित’

युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि उनले सोमबार एक सामाजिक सञ्जाल पोस्टमार्फत सो बताएका हुन्।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले भने, ‘नागरिक पूर्वाधार अर्थात् ऊर्जा सुविधालाई कुनै पनि प्रकारको निशाना बनाउनु कानुन विपरित काम हुने र यो अस्वीकार्य छ।’

उनले भने, ‘यो युक्रेनमा रूसको युद्धमा लागू हुन्छ र अन्यत्र (इरान युद्धलाई उल्लेख नगरिकन) पनि लागू हुन्छ। इरानी शासनको मुख्य शिकार इरानी नागरिक हुन्। यो सैन्य अभियानको विस्तारको मुख्य शिकार पनि हुनेछ।’

उनले थप भने, ‘युरोपेली सङ्घले इरानलाई यस क्षेत्रका देशविरुद्ध आफ्नो आक्रमण तत्काल रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाज आवागमनको पूर्ण स्वतन्त्रता पुनः स्थापना गर्न अनुमति दिन आग्रह गर्दछ।’

‘मध्यपूर्वमा पाँच हप्ताको युद्धपछि यो स्पष्ट छ भएको छ यो युद्ध कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव हुनेछ,’ उनले भने ।

प्रकाशित: २३ चैत्र २०८२ १८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App