अन्तर्राष्ट्रिय

इजरायल सबै बन्धकहरूलाई मुक्त गराउन वार्ता सुरु गर्नेछ : नेतन्याहू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बाँकी रहेका सबै बन्धकरुको मुक्तिका लागि र गाजाको युद्ध अन्त्य गर्ने वार्ता ‘इजरायललाई स्वीकार्य हुने सर्तमा’ सुरु गर्न निर्देशन दिएका छन्।

नेतन्याहूले बिहीबार राति इजरायली सैनिकलाई सम्बोधन गर्दै आफ्नो मन्त्रिपरिषद्ले गाजाको उत्तरी भागमा रहेको गाजा सिटीमाथि विशाल आक्रमण गर्ने योजनालाई पनि स्वीकृति दिएको बताए। जसलाई लिएर भित्री तथा अन्तर्राष्ट्रिय विरोध बढिरहेको छ।

गत सोमबार कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको प्रस्तावमा हमासले ६० दिनको युद्धविराम स्वीकारेको थियो। जसअनुसार बाँकी रहेका बन्धकहरू मध्ये आधा  मुक्त हुने कतारले जनाएको थियो।तर नेतन्याहूले उक्त प्रस्तावलाई हालसम्म अस्वीकार गरेका छन्।इजरायली मिडियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै वार्ताका लागि टोली पठाइने र छिट्टै स्थान तोक्ने जानकारी दिएको छ।

इजरायलको गाजा डिभिजन मुख्यालयमा पुगेका नेतन्याहूले भिडियो वक्तव्य दिँदै भने, ‘मैले तुरुन्तै सबै बन्धकहरूको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएको छु।’

प्रकाशित: ६ भाद्र २०८२ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App