अन्तर्राष्ट्रिय

इरानमा १५ हजार बढी बम खसालिएको इजरायलको दाबी

इजरायली रक्षामन्त्री इजरायल काट्जले फेब्रुअरी २८ मा अमेरिका-इजरायल युद्ध सुरु भएदेखि इरानमा १५ हजारभन्दा बढी बम खसालिएको बताएका छन्।

उनले यो गत वर्ष जुनमा भएको १२ दिनको द्वन्द्वको तुलनामा चार गुणा बढी भएको बताए।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म लगभग १,५०० जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ८ महिनाका साना बालबालिका र ८८ वर्षका वृद्धवृद्धाहरू समावेश छन्। युद्धमा अहिलेसम्म लगभग २०० महिलाको मृत्यु भएको बताइएको छ।

फेब्रुअरी २८ मा, स्कूलमा भएको आक्रमणमा १६८ बालबालिका मारिएका थिए भने युद्धमा ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियाे।

प्रकाशित: ११ चैत्र २०८२ १९:०१ बुधबार