मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले बताएका छन्।
प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले दोहामा टर्कीका विदेश मन्त्री हाकान फिदानसँग पत्रकार सम्मेलन गर्दै भने, “इरान–अमेरिका वार्तामा मध्यस्थकर्ताको रूपमा देखा परेका छन्।”
मन्त्री थानीले भने, “इरानले खाडी देशहरूलाई दबाब दिन (ब्ल्याकमेल गर्न) यो स्ट्रेटलाई हतियारको रूपमा प्रयोग गर्नु हुँदैन।”
उक्त अवसरमा फिदानले पनि हर्मुजलाई ‘हतियारको रूपमा प्रयोग गरिनु नहुने कतारको भनाइप्रति समर्थन जनाउँदै दवाव दिने नाममा अन्तर्राष्ट्रिय जलमार्ग अवरोध हुँदा यसको प्रभाव निर्दोष र इरानको समर्थक राष्ट्रले पनि भोग्नुपरेको उनले टर्कीएको राष्ट्रिय भाषामा गरेको सम्बोधनको अरबी अनुवादका उल्लेख छ।
तेहरानले आफूमाथि थोपरिएको युद्धपछि अमेरिकी सम्पत्तिका साथै नागरिक पूर्वाधार, विमानस्थल र ऊर्जा सुविधालाई पनि निशाना बनाएको छ।
स्ट्रेट अफ हर्मुजको नाकाबन्दीले विश्वको तेल र प्राकृतिक ग्यासको पाँच भागको लगभग एक भाग इन्धनको ढुवानीलाई प्रभावित पार्छ । यसले ऊर्जाका लागि धनी खाडीको लागि महत्त्वपूर्ण समुद्री निर्यात पनि रोकेको छ, जसले उनीहरूको अर्थव्यवस्थालाई तनाव दिएको छ।
शान्ति वार्तामा कतारको बढ्दो भूमिकाबारे प्रकाश पार्दै शेख मोहम्मदले हालैका दिनहरूमा आफूले गरेको संयुक्त राज्य अमेरिकाको भ्रमणले युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयासलाई बलियो बनाउन खोजेको बताए।
उनले भने, “यो भ्रमण मुख्य रूपमा पाकिस्तानी कूटनीतिक प्रयासहरूलाई समर्थन गर्ने र सकेसम्म चाँडो समाधानमा पुग्ने यी प्रयासहरूको सकारात्मक प्रतिक्रिया सुनिश्चित गर्ने कुरामा केन्द्रित थियो।”
फिदानले भने, “अङ्कारा, कतार र साउदी अरब ‘विशेष गरी जारी वार्ताको सम्बन्धमा’ युएई र कुवेतलगायत अन्य खाडी देशहरूसँग निकट सम्पर्कमा छन् ।”
प्रकाशित: २९ वैशाख २०८३ १८:३७ मंगलबार



