अन्तर्राष्ट्रिय

होर्मुज हाम्रो नियन्त्रणमा छ, कर तिरेर तेल लैजानुः इरान

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ। अमेरिका र इरानबीचको वार्तापछि इरानका उप-संसद सभामुख हाजी बाबेईले होर्मुज पूर्ण रूपमा इरानको नियन्त्रणमा रहेको बताएका हुन्।

उनले तेहरानको लागि होर्मुज ‘रेड जोन’ रहेको बताए। उनले होर्मुजको बाटोबाट जाने जहाजहरूले कर तिर्न भनेका छन्। उनले उक्त बाटोबाट तेल लैजान इरानी मुद्रा या रियालमा कर तिर्नुपर्ने बताए।

यस्तै, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाी पक्ष इरानी प्रतिनिधिहरूको विश्वास जित्न असफल भएको बताएका छन्।

वार्ता सुरु हुनुभन्दा पहिले इरानसँग इच्छाशक्ति र मनसाय दुवै रहेको स्पष्ट पार्दै उनले अमेरिकाले अनिश्चित बनाएको आरोप लगाए।  

यस्तै, गालिबाफले यी वार्ताहरू सम्भव बनाएकोमा पाकिस्तानलाई धन्यवाद दिए। एजेन्सी

प्रकाशित: २९ चैत्र २०८२ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App