कोलम्बियाको कोइला खानीमा भएको विस्फोटमा ९ जना खानी मजदुरको मृत्यु भएको छ । अरु ६ जना घाइतेको जिवितै उद्धार गरिएको कोलब्यिाको खानी विभागले जनाएको छ ।
सुटाटौसा, कुन्डिनमार्काको ला सिस्कुडा खानीमा विस्फोट भएको पुष्टि गर्दै विभागले विस्पोटको समयमा खाानी भित्र रहेका सबै १५ जना कामदारहरू प्रभावित भएको र जिवितै उद्धार गरिएका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।
विभागले यस अघि अप्रिल –९ मा गरेको निरीक्षणले ग्यास निर्माण र निस्कासन गरिएका सुरुङ्गहरूको सुरक्षा जोखिमहरू पहिचान गरी धुलो नियन्त्रण सुधार गर्न सिफारिस जारी गरेको बताएको छ ।
कोलम्बियाली रेड क्रसका एकाइहरू पनि घटनास्थलमा रहेको जनाइएको छ भने पीडित परिवार र अन्यलाई मनोसामाजिक सहयोग प्रदान गर्दै, गभर्नर जोर्ज एमिलियो रेले सामाजिक सञ्जाल एक्समा खानी उत्खनन प्रकोपबाट प्रभावितहरू प्रति समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित: २२ वैशाख २०८३ १४:५३ मंगलबार