अन्तर्राष्ट्रिय

खालिदा जियाको निधनमा शोक पुस्तिका राखियो

काठमाडौंस्थित बंगलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ।

गत मंगलबार बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको थियो। उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ।

भोलि (शनिबार)बाहेक यही पुस २१ गते सोमबारसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको उक्त दूतावासले बताएको छ। 

पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तर्राष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ।

प्रकाशित: १८ पुस २०८२ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App