अन्तर्राष्ट्रिय

सुडानसँगको सीमा बन्द गर्न चाडका राष्ट्रपतिको आदेश

चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले सुडानसँगको सीमा पूर्ण रूपमा बन्द गर्न आदेश दिएका छन्।

सीमावर्ती शहर टिन जागराबामा सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएपछि उनले आपतकालीन सुरक्षा बैठक बोलाएर सीमा पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्। उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन निर्देशन पनि दिए।

चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएका जानकारी दिए।

सुडानी द्वन्द्वका कारण दुई देशबीचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उनले बताए। 

चाड र सुडानबिचको एक हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको लडाइँ पछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वको मारमा परेको छ।

प्रकाशित: ५ चैत्र २०८२ १९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App