इरानमा हवाई आक्रमण ९३ हजार भन्दा बढी नागरिक क्षेत्रहरू क्षतिग्रस्त भएको छ।
इरानको रेड क्रिसेन्ट सोसाइटीको अनुसार युद्धपछि हालसम्म ९३ हजार भन्दा बढी नागरिक क्षेत्रहरू क्षतिग्रस्त भएको हो।
मिडिया रिपोर्टहरूका अनुसार प्रभावित क्षेत्रहरूमा ७१ हजार ५४७ आवासीय घरहरू र २० हजार ७७९ व्यवसायहरू समावेश छन्। राजधानी तेहरानमा मात्रै ३१ हजार ५६२ घर र पसलहरूमा क्षति पुगेको छ।
आक्रमणहरूले अत्यावश्यक सेवाहरूमा पनि असर पारेको बताइएको छ। अधिकारीहरूका अनुसार २९५ स्वास्थ्य तथा आपतकालीन केन्द्रहरू र ६०० विद्यालयहरूमा क्षति पुगेको छ।
राहत तथा उद्धार कार्यमा प्रयोग हुने ४८ आपतकालीन सवारी साधन, ४६ एम्बुलेन्स र तीन उद्धार हेलिकप्टरहरू पनि क्षतिग्रस्त भएका छन्।
प्रकाशित: १४ चैत्र २०८२ १८:५० शनिबार


