नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमयदर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १४० रुपैयाँ ६५ पैसा र बिक्री दर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ।
युरोपियन युरो १ को खरिद दर १६५ रुपैयाँ ३४ पैसा र बिक्री दर १६६ रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १८९ रुपैयाँ ७९ पैसा र बिक्री दर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क १ को खरिद दर १७६ रुपैयाँ ८१ पैसा र बिक्री दर १७७ रुपैयाँ ५६ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर १ को खरिद दर ९२ रुपैयाँ ८६ पैसा र बिक्री दर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर १ को खरिद दर १०१ रुपैयाँ ८७ पैसा र बिक्री दर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर १ को खरिद दर १०९ रुपैयाँ ५१ पैसा र बिक्री दर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ७७ पैसा र बिक्री दर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल १ को खरिद दर ३७ रुपैयाँ ५० पैसा र बिक्री दर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल १ को खरिद दर ३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ३८ रुपैयाँ ७५ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिद दर ४ रुपैयाँ ४१ पैसा र बिक्री दर ४ रुपैयाँ ४३ पैसा, युएई दिराम १ को खरिद दर ३८ रुपैयाँ २९ पैसा र बिक्री दर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर १ को खरिद दर १४ रुपैयाँ ९७ पैसा र बिक्री दर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर १ को खरिद दर २२ रुपैयाँ १५ पैसा र बिक्री दर २२ रुपैयाँ २५ पैसा तोकिएको छ।
बैंकले हङकङ डलर १ को खरिद दर १८ रुपैयाँ ०९ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिद दर ४६० रुपैयाँ ५१ पैसा र बिक्री दर ४६२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार १ को खरिद दर ३७३ रुपैयाँ र बिक्री दर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल १ को खरिद दर ३६५ रुपैयाँ ३० पैसा र बिक्री दर ३६६ रुपैयाँ ८५ पैसा तोकेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ।
प्रकाशित: ४ आश्विन २०८२ ०६:१८ शनिबार



